कोहलपुरका १३ वटा विद्यालय कारवाहीमा (सूची सहित)




कोहलपुर ।

कोहलपुर नगरपालिकामा कोहलपुरका १३ वटा विद्यालय मध्ये अधिकांश संस्थागत विद्यालय रहेका छन् ।

कोहलपुर नगरपालिकाले जारी गरेको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सूचनाहरुको बेवास्ता गर्ने र तथ्थांकहरु समेत नगर शिक्षा शाखामा नबुझाउने भन्दै कारवाही गरी दर्ता नै खारेजी सम्मको सूचना जारी गरेको छ । जसमध्ये ४ वटा विद्यालयहरुले भने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीले भरेकै छैनन ।

अन्य ५ ले २०८० को अद्यावधिक नगरेको र ४ वटा विद्यालयहरुले २०७८ सालकै अद्यावधिक गरेका छैन शाखाका प्रमुख राम बहादुर हमाल बताउँछन् ।

हमालका अनुसार सूचना जारी भएको ७ दिन भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली नभर्ने विद्यालयलाई २५ हजारका दरले जरिवाना गरी कारवाहीको पक्रिया अगाडि बढाउने बताए ।

यि हुन कारवाहीमा परेका विद्यालय 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार