काठमाडौँ ।
बाल गायिका अमिसा बजगाईँको स्वर रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन पनि सङ्गीतकार बजगाईँले गरेका हुन् ।
भिडियोमा गायिका अमिसा नै देखिएकी छन् । केशव विश्वकर्माको छायाङ्कन, राजेश कुँवरको सम्पादन रहेको भिडियो म्युजिक किचन स्टुडियोले तयार पारेको भिडिया त्रिमूर्ति इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।
गीत तथा भिडियो ६ दिनमा तयार गरिएको सङ्गीतकार तथा भिडियोका निर्देशक बजगाईँले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्