कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-११ मा सञ्चालित कोहलपुर सिटि एकेडेमीलाई एन प्याब्सन कोहलपुरले साधारण सदस्य नरहने गरी कारवाही गरेको छ ।
बुधबार बसेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन, नेपाल कोहलपुर नगर समितिको बैंठकबाट संगठनको निति, नियम विरुद्ध गई अवान्छनीय क्रियाकलाप गरेकोले आजका मितिदेखि लागू हुने गरी साधारण सदस्यता समेत नरहने हटाइएको हो ।
विद्यालयले एन प्याब्सनको निति र विधी भन्दा बाहिर गएर विद्यालय सञ्चालन गरेपछि साधारण सदस्य नै नरहने गरी कारवाही गरिएको नगरका अध्यक्ष विष्णु केसीले बताए ।
कोहलपुर टुडेसंग कुराकानी गर्दै कोहलपुर सिटि एकेडेमीका सञ्चालक प्रशान्त रिजाल ले स्थानिय सरकारले गरेको निर्णयलाई कार्यान्वय गरेको बताए । ‘स्थानिय सरकारको गरेको निर्णयलाई पालना गर्दा कारवाही गर्ने अधिकार नगर समितिलाई छैन’ उनले भने, ‘त्यसको विरुद्धमा जिल्ला हुँदै केन्द्रसम्म पुग्नेछु ।’
स्थानिय सरकारको विरुद्धमा नगर एन प्याब्सनले निर्णय गर्र्यो तर नगर शिक्षाले गरेको निर्णयलाई विहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गर्ने निर्णय कार्यान्वयन मात्र गरेको कोहलपुर सिटिका सञ्चालक रिजालले बताए ।
कोहलपुर नगर शिक्षाले कोहलपुरमा भोलीदेखि विहान ६ देखि ११ बजेसम्म विद्यालय सञ्चालन हुने निर्णय गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्