२५ लाखको लगानीमा पिपरीदेखि पिप्रहवासम्म वृक्षारोपन (फाेटाे फिचर)

कृष्ण कुमार शाही, बाँके ।

बाँकेको कोहलपुर नगरपालिकामा २५ लाखको लगानीमा पिपरीेदेखि पिप्र्रहवासम्म वृक्षारोपन गरिएको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर ८, ९ र १४ को क्षेत्रफल भित्र पर्ने सडकको विचमा पिपरीदेखि पिप्र्रहवासम्म ८ सय ५६ वटा विरुवा रोपिएका छन् ।

सोमबार लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण पुसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, ८ का वडा अध्यक्ष लाल बहादुर राना, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, १४ का वडा अध्यक्ष नम बहादुर आलेले छतिवनको विरुवा लगाउँदै उद्घाटन गरेका थिए ।

मन्त्री हमालले विक्षारोपन गर्दै भने, जसले विरुवा लगाउँछ उसैले नै जोगाउने भन्दै वृक्षारोपन गरे । ‘छतिवन कोहलपुर नगरपालिकाको हावापानी र यहाँको जमिनमा उम्रिन सक्छ, ‘यसले मानिसको विभिन्न रोगहरुको निमूलिकरण समेत गर्दछ, मन्त्री हमाले भने ।’

यस्तै कोहलपुर नगरपालिका मेयर पूर्र्ण प्रसाद आचार्यले वृक्षारोपन भएका विरुवाको पूर्ण रुपमा संरक्षण हुने विश्वास व्यक्त गरे । ‘ठुलो लगानीमा वृक्षारोपन गरेको छ, उनले भने, ‘यसलाई जोगाउने जिम्मा हाम्रो हो, तर यसको मुख्य श्रेय लिने भनेको स्थानीय व्यक्तिहरु नै हुनुहुन्छ ।’ त्यसैले नगरपालिकाले विरुवाको संरक्षणको स्थानीय व्यक्तिहरुका लागि के गर्दा मजबुद संरक्षण हुन्छ, त्यसको लागि छलफल गरी दिर्घकालिन उपाय अपनाउने नगर प्रमुख आचार्यले बताए ।

यस्तै कार्यक्रममा सडक वृक्षारोपन समितिका अध्यक्ष इन्द्र प्रसाद गौतमले ८ सय ५६ वटा विरुवा लगाउने बताए । ‘प्रदेश सरकारले सो वृक्षारोपन गर्नका लागि २५ लाख रुपैया विनियोजन गरेको छ, विरुवाको संरक्षण गर्न नगरपालिका, वडा कार्यालयहरुलाई जिम्मा लगाइनेछ उनले भने ।’

 

यस्तै प्रदेश सरकारको बजेटलाई समन्वयको माध्यम मात्र वृक्षारोपन कार्यक्रम भएको बाँकेका डिविजन वन अधिकृत अजित कुमार कर्णले बताए ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य बहादु खत्री, इलाका प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।