रेडक्रस कोहलपुरले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्याे

कोहलपुर ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर बाँकेले घरदेखि अस्पतालसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ ।

आइतबार उपशाखा सोसाइटी कोहलपुरको ७औं बैंठकले घरदेखि अस्पतालसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको हो ।

यस्तै नेपाल रेडक्रस उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलले कोहलपुर नगरपालिका क्षेत्रभित्र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको बताए ।

‘सुत्केरीलाई नगर क्षेत्रभित्र १ हजार र नेपालगञ्ज भेरी अस्पतालसम्मको १ हजार ५ सय शुल्क लिने गरेको थियो,’ उनले भने ७औं बैंठकबाट गरी दुबै निःशुल्क सेवा प्रवाह गरेका छौं ।’

रेडक्रस उपशाखा कोहलपुरले प्रति महिना ३०/३५ जनालाई बढी सुत्केरीले सेवा लिएका छन् । अब सोसाइटीले सबै कोहलपुरबासीहरुले सुत्केरी निःशुल्क सेवा पाउने सभापति सिग्देलले बताए । उपशाखासंग ३ वटा एम्बुलेन्स छन् ।

सेवा लिनका लागि लागि अफिस नम्बर ०८१-५४१३००, र चालक ९८६४१४८६६, ९८४८०८५२९५/९६ मा सम्पर्क गरि सेवा लिन सकिने सभापति सिग्देलले बताए ।

यस्तै सभापति सिग्देलका अनुसार रेडक्रसको स्थापना दिवसको अवसरमा २०८० असार ११ गते कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुवारक अलि गुजरको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए ।