Kohalpur Today Header Ads

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित




मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योती पाण्डेले २३ रनको योगदान गरिन्।

इन्दू बर्माले २० रन बनाउदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो। उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ६ चौका हिर्काइन्।

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। आजको जितसँगै नेपालले सिरिजमा २-१ को अग्रता लिएको छ। सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार