कोहलपुर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा. सञ्जु खाती खड्काको कार दुर्घटनामा मृत्यु भएको छ ।
नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा खड्काकाे भाई बुहारी डा. सञ्जु खाती खड्काको मुत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी बताए ।
डा. खाती र उनका श्रीमान सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत छन् । श्रीमान डा. डम्बर खड्का सुर्खेत प्रादेशिक अस्पतालका प्रमुख हुन् । दुर्घटनामा मृत्यु भएकी डा. खाती कृष्ण मावि ईत्रामकी विव्यस अध्यक्ष समेत थिइन् ।
कार चालककाे गोरखाका ३७ बर्षिय सुवास अधिकारीकाे घटना स्थलमै मृत्यु भएकाे थियाे । कार चालक सशस्त्र प्रहरी रहेकाे खुलेकाे छ ।
बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्