बाँकेमा कार र बस दुर्घटना : कार चालक सहित २ जनाको मृत्यु (नामावली सहित)

कोहलपुर ।

बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी बताए ।

मृत्यु हुनेमा रूपन्देही बुटवल उपमहानगर पालिका वडा नं ५ निवासी ५४ बर्षिय डा.सन्जु खाती खड्का र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारी रहेको डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कार चालककाे घटना स्थलमै मृत्यु भएकाे र डा.सन्जु खाती खड्काकाे करिब ८ बजे नेपालगञ्ज  मेडिकल कलेजले मृत्यु घाेषणा गरेकाे हाे ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको तिवारीले बताए ।  दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।