कोहलपुर नगरपालिकाले ६ कम्पनीकाे धरौटी जफत गरी कालो सूचीमा राख्ने निर्णय (पूर्ण विवरण)

कोहलपुर ।

कोहलपुर नगरपालिकाले सम्झौता गरी काम सम्पन्न नगरेका ६ निर्माण व्यवसायीहरुलाई धरौटी रकम जफत गर्दै कालो सूचीमा राख्ने निर्णय गरेको छ ।

बैशाख १७ गते बसेको नगर कार्यापालिकाको बैंठकबाट ६ कम्पनीहरुलाई असार १५ गतेसम्म काम सम्पन्न नभए धरौटी रकम जफत गरी कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गर्ने तर काम नै सुरु नगर्ने प्रवृति बढेपछि यसलाई कार्यापालिकाबाट निर्णय गरी कारवाही प्रक्रिया अगाडि बढाएको कोहलपुर प्रमुख पूर्ण आचार्यले बताए ।

‘अझै असार १५ गतेसम्म म्याद समय थपिदिएका छौं’ ‘सो मितिसम्म पनि काम नभए धरौटी रकम जफत गरी कालो सूचीमा राख्नेछौं’ उनले भने ।

काेहलपुर टुडेले बैशाख ४ गते  सरस्वती माविको ४ कोठे भवन करिब २ वर्षसम्म पनि बनेन भन्ने शिर्षकमा समाचार  छापेकाे थियाे । साेही निर्माण व्यवसायीलाई समेत असार १५ गतेसम्म काम सम्पन्न नभए धरौटी रकम जफत गरी कालो सूची राखिने भएकाे छ ।

६ निर्माण व्यवसायीकाे पुर्ण  विवरण

याे पनि हेर्नुहाेस् ।

धरौटी जफत गर्ने अभियानमा कोहलपुर