ट्राफिक कार्यालय बाँकेले चैत महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन

काेहलपुर । 

जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ ।

गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार ५ सय रुपैया राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।
‘बाँकेमा गत चैत महिनामा १ सय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘१४ स्थानमा होडिङबोडहरु समेत राखिएको छ ।’

चैत महिनाको विभिन्न समयमा मापासे कक्षामा २ सय ८ जना सहभागि रहेका थिए भने चैत महिनामा ७ जना दुर्घटना भएतापनि मुत्यु भने शुन्य रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले कोहलपुर टुडेलाई जानकारी दिए ।