बैंक तथा वित्तिय संस्था विरुद्ध कोहलपुरका व्यापारीहरुले निकाले र्‍यालि

कोहलपुर ।

कोहलपुर नगरपालिकामा आजदेखि बैंक तथा वित्तिय संस्थाहरु बन्द भएका छन् । व्यवसायिक हकहित संरक्षण समितिले बैंकहरुको चर्को व्याजदर र बैंकहरुले गरेको ज्याजति भएको भन्दै कोहलपुर नगरभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु बन्द गरेको समितिका संयोजक राजेन्द्र श्रेष्टले बताए ।

कोहलपुर चौराहदेखि पिपलचौतारा हुँदै कोहलपुरको एनसिसिएन चोक नजिकै कोण सभा भएको थियो ।

कोण सभामा बोल्दै संयोजक राजेन्द्र श्रेष्ट भने, ‘आज शान्तिपूर्ण विरोध गरेका छौं तर भोली फरक किसिमको आन्दोलन गर्नेछौं त्यसको जानकारी साँझ ५ बजेपछि जानकारी हुनेछ ।’ ‘हामीले ऋण नतिर्ने भनेका हाइनौं तर ऋण र्तिछौं तर केही समय थप गर्नुपर्ने माग गरेका हौं, हामीलाई लगानी गरेको ९ प्रतिशतको व्याजदर एकैपटक १८ प्रतिशत पुर्‍याउन पाइदैन ।’ व्याजदरलाई घटाउनका लागि दवाव दिनका लागि आन्दोलन सुरु गरेको संयोजक श्रेष्टले बताए ।

यस्तै आन्दोलनमा बैजनाथ गाउँपालिकाबाट सम्झना चाँदनी बजार व्यवसायी संरक्षण समितिका अध्यक्ष धन बहादुर क्षेत्रीको नेतृत्वमा चर्को व्याजदर र बैंकहरुले गरेको ज्याजति विरुद्ध आन्दोलनमा सहभागि जनाएका थिए ।

कोहलपुरका ३ हजार ५ सय जना सदस्य रहेका छन् । उवासंघका पदाधिकारीहरु व्यवसायीको पक्षमा छैन । अहिले उवासंघको केन्द्रिय स्तरमा निर्वाचन हुन लागेको छ । जसमा पदाधिकारीहरुले मात्र भोट हाल्ने पक्रिया छ त्यसैको लागि काठमाण्डौं गएका छन् ।

तर केृही पदाधिकारीहरुले आन्दोलनको बारेमा पत्रकारसम्मेलनमा समेत सहभागि भएका व्यक्तिहरुले आन्दोलनको बारेमा जानकारी छैन भन्नु गैरजिम्मेवारीपूर्ण काम हो । उवासंघ कोहलपुरका सदस्यहरुलाई समस्या परिरहेको बेलामा व्यवसायीहरुको हकहितमा नबोल्ने भएपछि उवासंघमा सदस्य लिनुपर्ने कुनै औचित्य नै नभएको एक स्थानिय व्यवसायीले बताए ।

आन्दोलनमा होमिएका बेलामा उद्योगी व्यवसायीको पक्षमा नहुँने संस्था के काम । हामीले भोट हालेर जितायौं तर अहिले समस्या पर्दा हाम्रो पक्षमा नबोल्ने संस्थालाई सदस्य समेत खारेज गर्ने कोहलपुर टुडेसंगको कुराकानीमा बताएका थिए । आन्दोलनमा व्यवसायीका विभिन्न ४० वटा संघ संस्थाहरुले सहभागि जनाएका थिए ।

यस्तै व्यवसायिक हकहित संरक्षण समितिले समितिले ९ ओटा मागहरु सार्वजनिक गरेको थियो । जसमा बैंकको व्याजदर एक अंकमा सिमित गरिनुपर्ने आधार दर ४/५ प्रतिशत भन्दा बढि नहुने, हाल चलन चल्तीमा रहेका ५०० र १००० दरका नोट प्रतिबन्द लगाउनु पर्ने, लिलामीमा निस्कीएका व्यवसायीहरुको धितो लिलामी समयाअवधी थप गर्नुपर्ने, हाल किस्ता तिर्न नसकेका व्यवसायीहरुको समयअवधि थप हुनुपर्ने, ऋणीको घरमा सुरक्षा गार्ड खटाउने जस्ता निन्दनिय कार्य तुरुन्त रोक्नुपर्ने, सहुलियत व्याजदरमा बैक कर्जा तुरुन्त प्रवाह गरिनुपर्ने, स्थानिय सरकारले लिएको घरबहाल करमा ५० प्रतिशत छुट गर्नुपर्ने, लघुवित्त र सहकारी सम्बन्धी स्पष्ट निति ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने र घरधनीहरुले हाल कायम भएको घर तथा सटर भाडा १५ देखि २० प्रतिशत छुट गर्नुपर्ने मागहरु रहेका छन् ।

थप

व्यवसायीको हकहितमा बोल्ने पक्षमा छैन उवासंघ कोहलपुर

व्यवसायीको हकहितमा बोल्ने पक्षमा छैन उवासंघ कोहलपुर