व्यवसायीको हकहितमा बोल्ने पक्षमा छैन उवासंघ कोहलपुर

कोहलपुर ।

कोहलपुर नगरपालिकामा आजदेखि बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध आजदेखि आन्दोलन सुरु हुन लागेको छ । तर उवासंघ कोहलपुरले भने व्यवसायीको हकहितमा बोल्ने पक्षमा देखिएको छैन ।

उवासंघका पदाधिकारी तथा अन्य सम्पूर्ण केन्द्रिय निर्वाचनमा खटिएका छन् । पत्रकार सम्मेलनमा समेत उवासंघका पदाधिकारीहरु समेत आफै उपस्थित थिए तर आज उनीहरुले नै आजको बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने विषयमा जानकारी नै छैन भन्नु गलत हो ।

कोहलपुर नगरपालिकामा रहेका व्यवसायीको हकहितका लागि भनेर चुनाव जितेर गएका उवासंघ कोहलपुरका पदाधिकारीहरुबाट नै व्यवसायीको पक्ष छैनन ।

‘उवासंघ कोहलपुरका पदाधिकारीहरु काठमाण्डौं गएका छौं तर आजको आन्दोलनका विषयमा जानकारी छैन’ उपाध्यक्ष चण्डी गैरेले कोहलपुर टुडेसंग कुराकानीमा बताएका थिए ।

कोहलपुरमा भने व्यवसायिक हकहित संरक्षण समितिले बैंकहरुले लगाएको चर्को व्याजदर र ज्यादती विरुद्ध कडा आन्दोलनको अभियान सुरु गरेको छ ।

जुन आन्दोलनका क्रमबद्ध तरिकाले आन्दोलनका कार्यक्रम जारी समेत गरिसकेको छ । आजदेखि ३० गतेसम्म बैंक बन्द नगरे तालाबन्दी गर्ने चेतावनी समे दिँदै आएको छ ।

सो समितिले ९ ओटा मागहरु सार्वजनिक गरेको थियो । जसमा बैंकको व्याजदर एक अंकमा सिमित गरिनुपर्ने आधार दर ४/५ प्रतिशत भन्दा बढि नहुने, हाल चलन चल्तीमा रहेका ५०० र १००० दरका नोट प्रतिबन्द लगाउनु पर्ने, लिलामीमा निस्कीएका व्यवसायीहरुको धितो लिलामी समयाअवधी थप गर्नुपर्ने, हाल किस्ता तिर्न नसकेका व्यवसायीहरुको समयअवधि थप हुनुपर्ने, ऋणीको घरमा सुरक्षा गार्ड खटाउने जस्ता निन्दनिय कार्य तुरुन्त रोक्नुपर्ने, सहुलियत व्याजदरमा बैक कर्जा तुरुन्त प्रवाह गरिनुपर्ने, स्थानिय सरकारले लिएको घरबहाल करमा ५० प्रतिशत छुट गर्नुपर्ने, लघुवित्त र सहकारी सम्बन्धी स्पष्ट निति ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने र घरधनीहरुले हाल कायम भएको घर तथा सटर भाडा १५ देखि २० प्रतिशत छुट गर्नुपर्ने मागहरु रहेका छन् ।