कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा भएको खेलमा आयोजक टिम रेसिङ्ग साहारालाई हराउँदै ब्वाइज यूनियन फाइनलमा पुगेको छ ।
सेमिफाइनलको पहिलो खेलमा आयोजक रेसिङ्ग साहारा क्लब र ब्वाइज यूनियन क्लब (काठमाण्डौं) विच भएको निकै प्रतिस्पर्धामा ९० मिनेटको खेलमा बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटबाट आयोजक रेसिङ्ग साहारा क्लबलाई ब्वाइज यूनियन क्लब (काठमाण्डौं)ले (३-४)ले विजयी भएको थियो ।
आयोजक रेसिङ्ग साहारा क्लबका कप्तान हरी कठायत रहेका थिए भने गोलकिप्पर मुकेश धर्ती मगर रहेका थिए । ब्वाइज यूनियन क्लब (काठमाण्डौं)का कप्तान मन कुमार तामाङ रहेका थिए भने गोलकिप्पर मनोज परियार रहेको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले म्यान अफ द म्याच भएका ब्वाइज यूनियन क्लब (काठमाण्डौ) का गोलकिप्पर मनोज परियारलाई नगद ५ हजार हस्तान्तरण गरेकी थिइन् ।
रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले आज सेमिफानलको दोस्रो खेल दिउसो ३:३० बजेदेखि हिमालयन शेर्पा र अफ्रिका खेलाडि क्यामरुन विच प्रतिस्पर्धा हुने कोहलपुर टुडेलाई जानकरी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्