बाँकेका ८१ वडामा ७ सय बढि स्वास्थ्यकर्मीद्धारा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदै

कोहलपुर ।

बाँकेमा आज विहानैदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुुवाउन थालिएको छ । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले देशभरी दुई चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि खुुवाउन थालिएको हो ।

पहिलोे चरणमा आज, भोली र पर्सी, भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा प्रत्येक घरघरमा स्वयसेविका पुगि औषधी खुवाइनेछ ।

परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका लागि आजदेखि बाँकेमा हात्तिपाईले विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोगका फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

बाँकेका ८१ वटा वडाहरुका विद्यालय, बुथ केन्द्र र घरदैलामा गई ७ सय भन्दाबढि स्वास्थ्यकर्मीले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईराख्नुभएको हात्तीपाइले रोगका फोकल पर्सन गौतमले बताइन् ।

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने र अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने हात्तीपाइले रोगका फोकल पर्सन गौतमले बताइन् ।

गौतमका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ७० हजार ५ सय ९८ जना, कोहलपुर नगरपालिकामा १ लाख २ हजार ९ सय ४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३० सय ७ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

यस्तै जानकी गाउँपालिकामा ४७ हजार ७ सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार १ सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८ सय ७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३ सय ४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकल पर्सन गौतमले बताइन् ।