नगर प्रहरी र व्यावसाय दर्ता ऐन पारित, लिलाम विक्रि कार्यविधिमा छलफल

कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाको गाउँ सभाकाे हिउदे अधिवेशनबाट नगर प्रहरी ऐन र व्यवसाय दर्ता ऐन पारित भएको छ । बिहिबार बसेको गाउँसभाकाे हिउदे अधिवेशनले नगर प्रहरी ऐन र व्यवसाय दर्ता ऐन पारित गरेको हो ।

बैजनाथ गाउँपालिकाको पौष १३ गतेबाट सुरु भएको थियो । पुन: माघ ५ गते बसेको गाउँसभाकाे हिउदे अधिवेशनबाट शिक्षा ऐनमा दुई वटा विषय संशोधन गरी पारित गरेको पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।

‘पहिलो, गाउँ शिक्षा समितिको बैठकमा लगातार ३ बैंठकमा बिना जानकारी अनुपस्थित भएमा मनोनित सदस्यलाई हटाउने सकिनेछ’ उनले भने, ‘दोस्रो, पालिकाबाट अनुदानमा नियुक्त शिक्षक छनौट व्यवस्थालाई कार्यविधि बनाएर व्यवस्थित गरिनेछ भन्ने बुँदाहरु समेटेर पारित गरेका छौं ।’

गाउँ सभामा माघ ५ टेबुल भएका दुई वटा ऐन माघ १२ गते भएको गाउँ सभाबाट नगर प्रहरी ऐन र व्यवसाय दर्ता ऐन पारित भएको अध्यक्ष शाहीले बताए । पुन: लिलाम विक्रि कार्यविधि-२०७९ पारित गर्नका लागि पुनः माघ १५ गते गाउँसभा हुने अध्यक्ष शाहीले जानकारी दिए । गाउँसभामा सभाका उपाध्यक्ष निर्मला रोकाय एवं वडा अध्यक्ष लगायत सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

Link :

बैजनाथको गाउँ सभा: शिक्षा (पहिलाे संशाेधन) ऐन पारित, व्यवसाय दर्ता र नगर प्रहरी ऐनमा छलफल

बैजनाथको गाउँ सभा: शिक्षा (पहिलाे संशाेधन) ऐन पारित, व्यवसाय दर्ता र नगर प्रहरी ऐनमा छलफल