कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत




शुदाम शर्मा, कर्णाली व्यूराे प्रमुख ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले नियुक्त भएको १० औँ दिनमा विश्वासको मत लिएका हुन् । ४० सदस्यीय प्रदेशसभामा शर्माका पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो ।

यस्तै नेकपा माओवादी केन्द्रको १३, एमालेको ९, नेकपा एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरी २५ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका १४ सांसदले भने विपक्षमा मतदान गरे ।

यस्तै मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले समेत विश्वासको मत दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रबार