सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ ३ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्