कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा जितबहादुर शाह नियुक्त हुनु भएको छ। गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले शिक्षा विकास प्रबिधि मन्त्रालयका पूर्व उपसचिव शाहलाई शिक्षा विज्ञमा नियुक्त गरेको हो । निजामती सेवामा प्रवेश गरेको करिब साढे २७ वर्षसम्म शाहले शिक्षा क्षेत्रमा रहेर सेवा गर्नु भएको छ ।
उहाँले लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा निर्देशक, बर्दिया, सुर्खेत, जुम्ला र दाङमा शिक्षा अधिकारीको जिम्मेवारी समालि सकेका छन् भने नेपालगन्ज उपमहानगरपालिका १८ निवासी उनले राष्ट्रिय परिक्षा बोर्ड सुर्खेतमा समेत बसेर सेवा दिएका छन । सेवा निवृत्त शाह लेखक समेत हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्