परीक्षा प्रणाली गुणस्तरीय बनाऊ

बाँकेको कोहलपुर नगरपालिका सामुदायिक र संस्थागत विद्यालयमा यहि पुष २२ गतेदेखि अर्धवार्षिक परिक्षा हुन लागेको छ । विभिन्न विषयविज्ञहरुको टीम निर्माण गरी प्रश्नपत्र निर्माण गर्न लागेका छ । अंग्रेजी विषयमा टर्क बहादुर खत्री र विशाखर जैशी, सामाजिक विषयमा गिता ढकाल र केशव सिग्देल, नेपाली विषयमा श्रीभद्र सुवेदी र इन्द्रिरा अधिकारी, विज्ञान विषयमा विरेन्द्र कुमार थापा र बद्रि ढकाल र गणित विषयमा एन के दहाल र विनोद भट्टराई रहेका छन् ।

गत वर्षको परीक्षामा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षा प्रणाली निकै कमजोर थियो । आधारभुत तहको कक्षा ८ को वार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी थियो । विज्ञान तथा वातावरण विषयको प्रश्न पत्रमा त्रुटी थियो भने नेपाली र अंग्रेजी अनुवादमा त्रुटी थियो । गुणस्तरीय प्रश्नपत्र निमार्ण कार्यशाला गरिएको थियो तर कार्यशालाको नतिजा भने शुन्य आएको थियो ।

विषयविज्ञहरुले निर्माण गरेको प्रश्नपत्रमा त्रुटी आउनु आफैमा लज्जास्पद विषय हो । यसले कोहलपुरको शैक्षिक प्रणालीलाई कमजोर भएको सावित गरेको छ । यसै त कोहलपुरका सामुदायिक विद्यालयमा गणित विषयमा कमजोर रहेका छन् । त्यसकारणले यही पुष २२ गतेबाट हुन लागेको अर्धवार्षिक परिक्षामा प्रश्नपत्रमा त्रुटी नआवस् । कोहलपुर नगरपालिकाको परिक्षा प्रणाली अन्य पालिकाहरुको उदारणीय बनाउन परिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन आवश्यक छ ।