खजुरामा दशै महोत्सव हुने

गम बहादुर डाँगर, खजुरा ।

बाँकेकाे खजुरा गाउँपालिकामा दशै महोत्सव हुने भएकाे छ । आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको हाे ।

खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले महोत्सव सचिवालयको उदघाटन गरेका थिए ।

आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराका अध्यक्ष  देव बहादुर कुवेरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा खजुरा गा.पा.वडा नं ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी रहेका थिए ।

उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समूहले एकजुट भएर सामाजिक कार्यहरुसहित दशैंको बेला सद्भाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताए । आफ्नो परम्परा, रितिथिति जोगाउन युवाहरु लागेकोप्रति खुसी व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

निवर्तमान वडा नं ४ का वडा अध्यक्ष तिलक विर सुनार, आदर्श मा.वि का प्र.अ राजेन्द सापकोटा र अरुणोदय मा.वि.का प्र.अ. ऋषिकेश जिसी. उपस्तिथि रहेकाे थियाे भने कार्यक्रमको सञ्चालन यस समूहका सदस्य तथा पत्रकार खगेन्द्र दाहालले गरेका थिए भने स्वगत मन्तव्य समुहका सचिव सुवास निरौलाले गरेका थिए ।

यस कार्यक्रम मा बोल्दै प्रमुख अतिथि तथा वडा.नं ३ का वडा अध्यक्ष पूर्ण बहादुरले भण्डारीले युवाले गर्ने समाज निर्माण र विकास कार्यमा अफनो वडा सधै साथ मा रहने बताए ।

स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको समूहले विगतका वर्षहरुमा सामाजिक कार्यसँगै विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा साँस्कृतिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको युवा समूूहले यसपटक दशैं पर्वलाई वृहत बनाउन शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम, स्थनीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिने दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

महोत्सवमा खजुरा, नेपालगञ्ज, बर्दिया लगायतबाट अवलोकन गर्न आउने छन् भने समुहका अध्यक्ष देव बहादुर कुँवर बताए ।