कोहलपुरमा १९ वर्षिया विद्यार्थी झुण्डीएको अवस्थामा फेला




कोहलपुर ।

बाँकेको कोहलपुरमा डाइनामिक अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आइतबार करिब दिउँसो १ बजेतिर बाँसगढी नगरपालिका ८ लक्षमणपुरका १९ वर्षिया लोकेन्द्र शाही कोहलपुर साँझा चोकको पूर्वपट्टिी झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेब बहादुर मल्ले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको छ । अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । बर्दियाबाट आफ्न्तहरु समेत आइसकेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार