कोहलपुरमा १९ वर्षिया विद्यार्थी झुण्डीएको अवस्थामा फेला

File Photo

कोहलपुर ।

बाँकेको कोहलपुरमा डाइनामिक अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आइतबार करिब दिउँसो १ बजेतिर बाँसगढी नगरपालिका ८ लक्षमणपुरका १९ वर्षिया लोकेन्द्र शाही कोहलपुर साँझा चोकको पूर्वपट्टिी झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेब बहादुर मल्ले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको छ । अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । बर्दियाबाट आफ्न्तहरु समेत आइसकेका छन् ।