बैजनाथमा प्रथम उपप्रमुख कपको लोगो तथा कार्यविधि सार्वजनिक

कोहलपुर ।

बैजनाथ गाउँपालिकाले पुष ६ गतेदेखि ९ गतेसम्म हुन लागेको प्रथम उपप्रमुख कपको लोगो तथा कार्यविधि सार्वजनिक गरेको छ ।

‘प्रथम उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेदकुद प्रतियोगिता-२०७९’ को लोगो तथा कार्यविधि पालिकाकी उप-प्रमुख निर्मला रोकायले सार्वजनिक गरेकी हुन् ।

लोगोमा थारु समुदायको पहिलो शहिद स्व. बैजनाथ थारुको शालिकमा राखिएको छ । पालिकाको नाम समेत थारु समुदायको पहिलो शहिद व्यक्ति बैजनाथ थारुकै नामबाट राखिएको हो ।

यस्तै बैजनाथ गाउँपालिका उपप्रमुख रोकायले थारु समुदायको पहिलो शहिद स्व. बैजनाथ थारुको सम्मानमा शालिकको तस्बिर लोगोमा राखेर सार्वजनिक गरेको बताइन् । ‘प्रतियोगितालाई सहज र सरल रुपमा सम्पन्न कार्यविधि निर्माण गरेका छौं’ उनले भनिन्, कार्यविधिमा खेलकुद प्रतियोगिता के के गर्ने, कसरी सञ्चालन गर्ने लगायतका विषय समेटेका छौं । पालिकालाई खेलकुदका माध्यमबाट पहिचान गराउने उद्देश्यका साथ खेलकुद सुरु गरेको उपप्रमुख रोकायले बताइन् ।

यस्तै पालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका आवि ६-८ र मावि ९-१२ का छात्रछात्राहरु खेलकुद प्रतियोगितामा सहभागि हुने बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका संयोजक महाविर थारुले जानकारी दिए । ‘उपप्रमुख कपको लोगो र कार्यविधि बाँकेमा पहिलो पटक सार्वजनिक गरेका छौं,’ थारुले भने, ‘खेलकुदलाई प्रभावकारी र निष्पक्ष ढङ्गले सञ्चालन गर्न कार्यविधि बनाएका छौं ।’ खेदकुद प्रतियोगितामा मावितर्फ १५ र आवितर्फ ३ वटा खेलहरु हुने खेलकुद विकास समितिका संयोजक थारुले बताए ।

यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका-७ का अध्यक्ष दिनेश कुमार थारुले आफ्नो वडाबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै खेलकुद प्रतियोगिता मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा सामाजिक विकास समिती संयोजक भुमिसरा राना, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र खेल शिक्षकको उपस्थित रहेका ेथियो भने कार्यक्रम सञ्चालन लाल बहादुर बोहराले गरेका थिए ।