Kohalpur Today Header Ads

हार्दिक बधाई सहित शुभकामना । एउटा सुनौलो तर नौलो खबर प्राप्त भएकोमा हामी खुसी व्यक्त गर्द्छौ : ज्ञानोदय पुस्तकालयका अध्यक्ष शर्मा




हार्दिक बधाई सहित शुभकामना । एउटा सुनौलो तर नौलो खबर प्राप्त भएको छ । जसलाई मैले एक ऐतिहासिक, गौरवपूर्ण र खुसीको क्षण सम्झेको छु । अत्यन्त खुशी लाग्नु नि स्वभाविक हो । यो खुसीको वर्षामा  ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर, बाँकेको तर्फबाट सैनामैना नगरपालिका–६, कलौनीमा सञ्चालित श्री गोरखनाथ सामुदायिक महिला विद्यालय (सामुदायिक सिकाइ केन्द्र) लाई मिति २०८३ साल साउन १२ गते देखि औपचारिक रूपमा लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र मा हस्तान्तरण गरिएको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

यो हस्तान्तरण केवल संस्थाको जिम्मेवारी परिवर्तन मात्र नभई समुदायमा ज्ञान, शिक्षा, साक्षरता, पठन संस्कृति, सीप विकास तथा आजीवन सिकाइको अभियानलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदम हो। यस निर्णयले समुदायमा पुस्तकालय तथा सामुदायिक सिकाइ केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।

LIfe Ok

यस महत्वपूर्ण निर्णयका लागि सैनामैना नगरपालिका, नगर शिक्षा शाखा, श्री गोरखनाथ सामुदायिक महिला विद्यालय (सामुदायिक सिकाइ केन्द्र) का सम्पूर्ण पदाधिकारी, शिक्षक, कर्मचारी, सिकाइ सहजकर्ता तथा स्थानीय समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, नयाँ जिम्मेवारी ग्रहण गर्ने लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

हामी ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र, कोहलपुर, बाँकेका तर्फबाट नेपालभरका सामुदायिक पुस्तकालय तथा सामुदायिक सिकाइ केन्द्रहरूबीच सहकार्य, अनुभव आदानप्रदान र ज्ञानको साझेदारी गर्दै समुदायको समग्र शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा निरन्तर हातेमालो गर्ने प्रतिबद्धता  ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र परिवार व्यक्त गर्दछौं। यस्ता कार्यमा  सबैको साथ, सहयोग र समन्वयबाट समुदायमा ज्ञानको उज्यालो अझ व्यापक रूपमा फैलियोस् भन्ने शुभेच्छा व्यक्त गर्द्छौ । जय पुस्तकालय !

एकराज शर्मा

अध्यक्ष

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकोहलपुर, बाँके परिवार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार