बाँकेबाट समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा ९ जनाको प्रतिनिधित्व हुने भएको छ । कांग्रेसबाट ४, एमाले २ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाबाट १-१ जना समानुपातिक सांसद बन्ने भएका छन् ।
नेपाली कांग्रेसले बन्दसूचीबाट खसआर्यतर्फ माया पुन, थारु क्लष्टरमा सञ्जुकुमारी चौधरी, अल्पसंख्यकतर्फ सुशिला बादी र मुस्लिममा मिनाकुमारी सिद्दिकीको नाम निर्वाचन आयोगमा बुझाएको छ । यस्तै एमालेले खसआर्यबाट बसन्ती न्यौपाने र मुस्लिम कोटामा सायरो बानोको नाम आयोगमा बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नोरीकुमारी चौधरी, जनता समाजवादी पार्टीले अम्बिका काफ्ले र राप्रपाले मिनाकुमारी श्रेष्ठलाई सांसद बनाउने निर्णय गरेर आयोगसमक्ष नाम सिफारिस गरेको छ ।
दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा आज गरिने निर्वाचन आयोगले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्