नेविसंघ बाँकेको अध्यक्षमा विष्ट

कोेहलपुर ।

नेपाल विद्यार्थी संगठन बाँके अध्यक्षमा उपेन्द्र विष्टलाई नेविसंघको केन्द्रिय कार्यालयले अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदको जिम्मेवारी दिइएको थियो । उपेन्द्र विष्ट बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययरत छन् ।