धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित

धनुषा ।
धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधन महतोलाई १ हजार ३४२ मतान्तरले पराजित गर्दै एमालेका महतो विजयी भएका हुन्।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्रीसमेत रहेका शत्रुधनलाई मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका एमालेका उम्मेदवार हरिनारायणले पराजित गरेका छन् ।

प्रदेशसभामा निर्वाचित हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।