धनुषा ।
धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधन महतोलाई १ हजार ३४२ मतान्तरले पराजित गर्दै एमालेका महतो विजयी भएका हुन्।
मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्रीसमेत रहेका शत्रुधनलाई मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका एमालेका उम्मेदवार हरिनारायणले पराजित गरेका छन् ।
प्रदेशसभामा निर्वाचित हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्