महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित




बर्दिबास ।
महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनु भएको छ । यो उहाँको दोस्रो इनिङ हो ।

थापाले सत्ता गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार पीताम्बर महतोलाई ८१९ मतान्तरले पराजित गर्नु भयो । थापाले आठ हजार ३०४ मत प्राप्त गर्नु भएको छ । लोसपाका महतोले सात हजार ५८५ मत ल्याउनु भएको छ ।

स्वतन्त्र उम्मेदवार फाल्गुणकुमार सुस्लिङले चार हजार ५०२ मत प्राप्त गरि तेश्रो स्थानमा हुनुहुन्छ । यो मत परिणामपछि महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम मत परिणामअनुसार प्रदेश सभातर्फको ८ सीटमा लोसपाले ३, एमालेले २, माओवादी, जसपा र स्वतन्त्रले एक एक सीट जीतेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार