Kohalpur Today Header Ads

नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नमूना विद्या सदन स्कुलमा नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम गरिएको छ ।

कक्षा १२ का अनुशासित विद्यार्थी दिपेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नमूना विद्या सदनका संस्थापक शिव डाँगी रहेका थिए ।

LIfe Ok

कार्यक्रमका प्रमुख अतिथि डाँगीले विद्यालयले निर्माण गरेको निति, नियम र आचारसंहिताको पालना गरी उत्कृष्ट र अनुशासन बन्नका लागि अनुरोध गरेका थिए ।

सफल गर्नका लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ त्यसकारणले संघर्ष, परिश्रम, मेहनेत गरी आफ्नो भविष्य शुनिश्चित गर्नका लागि धैर्य गरेर अध्ययन गर्न समेत अनुरोध गरेका थिए ।

यस्तै विद्यालयका पिन्सिपल कमल धर्ती, सह पिन्सिपल प्रकाश सिंह ठकुरी, शिक्षक/शिक्षिका लगायत सम्पूर्ण विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १० गते शनिबार