पाल्पा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार ठाकुर गैरे निर्वाचित




पाल्पा।

पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो ।

गैरेले २७ हजार ८१७ मत ल्याउनुभयो । गैरेको जितसँगै यसअघि चार पटक सांसद हुनुभएका पाण्डेयको संसदीय राजनीतिमा ब्रेक लागेको छ । प्रतिष्पर्धी पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार