सिरहाबाट ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका यादव निर्वाचित




सिरहा ।
सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।

यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे । मण्डल पूर्वराज्यमन्त्री समेत हुन् ।

जनमत पार्टीका सुरेशकुमार यादव ८ हजार ४५४ मत पाउँदै तेस्रो स्थानमा रहे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार