जनकपुरधाम ।
सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।
उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् । सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे ।
जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्