सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित

जनकपुरधाम ।
सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।

उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् । सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे ।

जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए ।