दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरी विजयी

घोराही ।
दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी हुनुभएको छ । पूर्व सिचाई मन्त्री समेत रहनुभएका गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

गिरीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेर पराजित हुनुभएको छ । नेता गिरीले एमाले नेत्री वलीलाई सात हजार ८१० मतान्तरले पराजित गर्नुभएको हो । सोही क्षेत्रबाट २०७० सालको निर्वाचनमा विजयी हुनुभएका गिरी २०७४ सालमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित हुनुभएको थियो ।

पाँच अघि सोही क्षेत्रमा पराजित गिरी यस पटक विजयी हुनुभएको हो । क्षेत्र नं.३ मा ९० हजार १ सय ५० मत खसेको थियो । प्रतिनिधिसभा सदस्यमा विजयी गिरीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहेको थियो ।