बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गाैतम विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए । यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गाैतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्