कास्की क्षेत्र-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित




कास्की ।
कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार