सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा राम शंकर यादव निर्वाचित




सिरहा ।
सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।

यादवले कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् ।

यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतोले ३७९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका राम कुमार यादवले ३०४ मत मात्र पाए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार