चितवन १ (क) बाट एमालेका थपलिया भारी मतान्तरले निर्वाचित




भरतपुर ।
चितवन १ (क) बाट बागमती प्रदेश सभाको सदस्यमा नेकपा एमालेका जगन्नाथ थपलिया भारी मतान्तरले निर्वाचित हुनुभएको छ । यद्यपि, निर्वाचन आयोगले भने यसको आधिकारिक घोषणा गर्न बाँकी छ ।

चितवन १ का निर्वाचन अधिकृत रेशम सिक्देलकाअनुसार थपलियाले १७ हजार ६८८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण भुषण ओलीले १० हजार ७१२ मत प्राप्त गर्नुभएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार