भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी




काठमाडौं ।

भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयाे । नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ५६९ प्राप्त गर्नुभयाे ।

यस्तै, नेपाल आमा पार्टी ८४५, जनता समाजवादी पार्टी, नेपालका दिलबहादुर तामाङ्ले २२३, स्वतन्त्रका उमेश श्रेष्ठले २१३, हाम्रो नेपाली पार्टीका लोकेन्द्र पोखरेलले १९४, स्वतन्त्रका सुवर्ण थापाले १६७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजु नापितले १४०, नेपाल विवेकशील पार्टीका शशीविक्रम कार्कीले १२७ प्राप्त गर्नुभयाे

त्यसैगरी, मौलिक जरोकिलो पार्टीका लीलाबहादुर बानियाँले १०२, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले ९९, स्वतन्त्रका आनन्द कार्कीले ८२, आमूल परिवर्तन मसिहा पार्टी नेपालका सन्तबहादुर लाकाजुले ५७, राष्ट्रिय जनमुक्ति पार्टीका राजु श्रेष्ठले ३० मत लिनुभयाे ।

नेश्रलिष्ट पिपुल्स पार्टीका शिवलाल रोकायाले २४, स्वतन्त्रका कल्पदीप राईले १८, स्वतन्त्रका मीनाकुमारी वालाले १६, स्वतन्त्रका मोक्टो तामाङ्ले १६, स्वतन्त्रका सुमन कार्कीले ९, स्वतन्त्रका चम्पा बोगती ६, स्वतन्त्रका रञ्जु के.सी.ले ४, स्वतन्त्रका दिनेश प्रजापतीले ३ र स्वतन्त्रका प्रमिला थापाले ३ मत प्राप्त गर्नुभयाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार