सिन्धुलीमाढी ।
सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।
उहाँले ३० हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेद्वार प्रदिप कटुवालले २५ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।
विजयी घिमिरे नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक हुनुहुन्छ । काँग्रेस उम्मेद्वार घिमिरेले कटुवाललाई हराएर एमालेको २५ वर्षदेखिको विरासत तोड्नु भएको छ ।
२०७४ सालको भएको प्रदेशसभामा सोही क्षेत्रको प्रदेशसभा (ख) मा घिमिरे तत्कालीन बाम गठबन्धनका उम्मेद्वार कटुवालसँग चार हजार ६५७ मत अन्तरले पराजित बन्नुभएको थियो । त्यतिबेला कटुवालले १६ हजार ६१२ मत प्राप्त गरी निर्वाचित हुँदा घिमिरेले ११ हजार ९५५ मत प्राप्त गर्नुभएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्