कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी




तौलिहवा ।
कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी हुनु भएको छ ।

लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई ५२२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

प्रदेशसभा सदस्यमा विजयी लामिछाने २१ हजार १३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सिंहले २० हजार ६१४ मत प्राप्त गर्नुभएको छ । लामिछाने विजयी भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा घोषणा भने गरेको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार