लमजुङ प्रदेश ‘१’ (क) मा कांग्रेसका गुरुङ विजयी

लमजुङ ।
लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी हुनुभएको छ । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार १६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार ५०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार ३४३ मत पाउनुभएको छ ।

यस क्षेत्रमा कुल ३७ हजार ४३६ मत खसेको थियो । यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित हुनुभएको थियो ।