काठमाडौं ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।
अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ ।
केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्