दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचि




दाङ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन् । चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्।

यसअघि क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका धनबहादुर मास्की (राजेशले एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार