कास्की क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यमा नेकपा मा एमालेका गुरुङ निर्वाचित

कास्की ।
कास्की क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ४०९ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

एमालेका गुरुङले १२ हजार ६ सय ७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २ हजार ४ सय १३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

कास्की क्षेत्र नम्बर ३(क) मा जम्मा मतदाता संख्या ५२ हजार ८ सय ६२ रहेका छन् भने कुल २८ हजार ८ सय ४३ मत खसेको थियो । यसमध्ये कुल सदर मत २७ हजार ७ सय ५८ रहेको थियो भने १ हजार ८५ मत बदर भएको थियो ।