Kohalpur Today Header Ads

कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी




पोखरा ।
कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गरे ।

गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६१ मत पाएका छन् । जनता समाजवादी पार्टीबाट गत फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले प्रदेशको टिकट पाएका गुरुङले भारी मतान्तरले चुनाव जितेका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका गुरुङ २०६९ सालमा जातीय पहिचानको मुद्दा बोकेर एमालेबाट विद्रोह गरेर अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका थिए । कास्की क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष समेत भएका गुरुङ जनता समाजवादी पार्टी हुँदा गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

एमालेमा हुँदादेखि नै सांसदको टिकटबारे चर्चामा रहने गुरुङ फेरि एमाले फर्किएर गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका हुन् । माओवादीबाट उम्मेदवार बनेका भण्डारी अर्को क्षेत्रबाट चुनाव उठेको भन्दै माओवादीभित्रै असन्तुष्टि थियो । भण्डारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बालसखा हुन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार