ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार












प्रतिक्रिया दिनुहोस्