सुर्खेत ।
सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन ।
बुधवार अन्तिम मत परिणाम अनुसार थानीले ३४ हजार ६२५ मतले विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन ।
थानीले विसिलाई ५ हजार ६७ मतले पछि पार्दै आफ्नोे जित हासिल गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले ४ हजार ६०१ मत प्राप्त गरे ।सुर्खेत–२ मा जम्मा ७६ हजार ४ सय ४२ मत खसेकोमा ४ हजार १६ मत बदर भएको थियो ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य थानी सुर्खेत–२ बाट २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्