रसुवाको प्रदेश सभा १ मा कांग्रेसका प्रभात विजयी




रसुवा प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन्। तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए।

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए। यो क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार