डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै




डोटी ।
डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार