झापा क्षेत्र नम्बर २ मा एमालेको अग्रता

दमक ।
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । दुवैजना झिनो मतान्तरमा अघिपछि रहनुभएको छ ।

बिहान सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका दुई वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार हरूको नै अग्रता रहेको छ ।

प्रतिनिधि सभा सदस्यअन्तर्गतको मतपरिणाम अनुसार एमालेका घिमिरे एक हजार १२२ मतान्तरले अगाडि हुनुहुन्छ । घिमिरेले सात हजार ३२८ मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले छ हजार २०६ मत ल्याउनु भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका हरि राना तीन हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रदेशसभातर्फ २ (१) मा एमालेका एकराज कार्कीले चार हजार ८५० मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले एक हजार ५५३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी २ (२) मा एमालेका चिन्तन पाठकले सात हजार २३९ मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र मैनालीले पाँच हजार ४७३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं. २ ले जनाएको छ ।