बाँके-२ मा अग्रता बढाउँदै राप्रपाका राणा




कोहलपुर ।
बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का धवल शमशेर राणाले जनता समाजवादी पार्टी (जसपा)का मोहम्मत इस्तियाक राई भन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन् ।

राप्रपाका राणाले १३ हजार ३५५ मत ल्याउँदा राईले ८ हजार ५५९ मत मात्रै ल्याएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १ हजार ७५९ मत मात्रै ल्याएका छन् । कुल मत २७ हजार ९३० मत गणना भई सकेको छ । बाँकी अरु मत गणना चलिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार